फिल्ममा कलाकारको अभिनय र पहिरनको चर्चा त हुन्छ नै । राम्रो अभिनय गर्ने चर्चित कलाकारको पढाइका बारेमा भने कमैलाई मात्र थाहा हुन्छ। आज हामी अभिनयमा चर्चा कमाएका नेपाली नायिकाको पढाइका बारेमा कुरा गर्दैछौँ ।
अब लागौँ जानकारी तर्फ
प्रियंका कार्की
नेपाली फिल्म क्षेत्रमा निकै चर्चित नाम हो प्रियंका कार्की । सन् १९८७ फेब्रअरीमा काठमाडौँमै जन्मिएकी कार्कीले थ्री लभर्सबाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेकी हुन्। सन् २०१० मा रोचक मणीसँग पहिलो विवाह गरेकी प्रियंकाले सन् २०१२ मा सम्बन्ध विच्छेद गरेकी थिइन्। गत फागुनमा उनले नायक आयुषमान देशराज जोशीसँग दोस्रो विवाह गरेकी छिन्। उनको पढाइको कुरा गर्नुपर्दा अमेरीकाको युनिर्भसिटी अफ अलबामाबाट चलचित्रमा डिप्लो गरेकी छिन्।
ऋचा शर्मा
ऋचा शर्मा नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री तथा एक उद्घोषक पनि हुन्। मिस नेपाल २००७ मा उत्कृष्टभित्र १० मा पर्न सफल बनेकी ऋचाले चलचित्र फस्ट लभबाट फिल्म क्षेत्रमा डेब्यु गरेकी थिइन्। उनले थुप्रै चलचित्र तथा म्युजिक भिडियोमा काम गरेकी छिन्। उनको पढाइका बारेमा कुरा गर्नुपर्दा गोल्डेनगेटबाट ब्यवस्थापनमा स्नातकोर गरेकी छिन् । उनले यस बाहेक जर्मनी र फ्रान्सबाट कलाकारिता सम्बन्धी अध्यन गरेकी छिन् । उनी एक वौद्धिक नायिका भित्र पर्ने गर्छिन्। उनले केही सयमअघि दिपेक्ष बिक्रम रानासँग विवाह गरेकी हुन्।
केकी अधिकारी
मोडल हुँदै चलचित्रमा प्रवेश गरेकी केकी अधिकारी थुप्रै मोडल तथा चलचित्रमा काम गरेकी छिन्। चलचित्र पदार्पण स्वरबाट फिल्म क्षेत्रमा प्रवेश गरेकी केकीले दर्जनबढी फिल्ममा काम गरिसकेकी छिन्। उनको पढाइका बारेमा कुरा गर्नु पर्दा ह्वाइटहाउस कलेजबाट प्रमाणपत्र तह उत्तिर्ण गरेकी उनले मानब संसाधन ब्यबस्थापन विषयमा सन् २०१६ मा डिग्री हासिल गरेकी हुन्। उनले स्नातक तह २०१३ मा त्रिभुवन युनिभर्सिटी बाट पास गरेकी थिइन्। उनी नाताले फिल्म निर्देशक बद्री अधिकारीकी छोरी हुन्।
निशा अधिकारी
नेपाली फिल्म क्षेत्रको अर्को चर्चित नाम हो निशा अधिकारी । उनले चलचित्र मिसन पैसाबाट नेपाली चलचित्र क्षेत्रम प्रवेश गरेकी थइन् । अभिनेत्री बन्नुपुर्व निशा भिजे तथा आर्जेसँगै नेपाली मोडेल थिइन् । निशाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण पनि गरिसकेकी छिन् । उनको विवाह चर्चित क्रिकेटर शरद भेषावकरसँग भएको छ। विवाहपछि उनी चलचित्र क्षेत्रबाट टाढै रहेकी छिन्। उनको पढाइको कुरा गर्नुपर्दा उनले फिल्म र सामाजिक विज्ञानमा स्नातक सम्मको अध्यन गरेकी छिन्।
नम्रता श्रेष्ठ
चलचित्र क्षेत्रको अर्को चर्चित नाम हो नम्रता श्रेष्ठ । सानो संसारबाट चलचित्र क्षेत्रमा डेब्यु गरेकी श्रेष्ठले मेरो एउटा साथी छ, नोभेम्बर रेन, क्लासिक, प्रसाद’ लगायत थुप्रै चर्चित फिल्ममा काम गरिसकेकी छिन्। उनको पढाइको कुरा गर्नु पर्दा उनले १२ कक्षा पास गरेकी छिन्।
थप जानकारीका लागि भिडियो हेर्नुहोस्
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
