पोखरा । आज बिहानै गण्डकी प्रदेशका ४ जिल्लामा ५ जना कोरोना संक्रमित थपिएका छन् । बुधबार बिहान स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले दिएको सूचनाअनुसार गण्डकी प्रदेशका तनहुँ, स्याङ्जा, बागलुङमा १–१ तथा म्याग्दीमा २ गरी जम्मा ५ जना संक्रमित थपिएका हुन् ।
अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४३५ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो।
सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारि भैरहेको निर्देशनालयले जनाएको छ।
हिजो मंगलबार गण्डकीको स्याङ्जामा २५ र बागलुङमा ६ जना कोरोना संक्रमित थपिएका थिए ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
