नेपालमा फेरि ह्वात्तै बढ्यो कोरोना संक्रमण

काठमाडौँ । नेपालमा फेरि कोरोना भाइरस (कोभिड–१९) संक्रमणदर ह्वात्तै बढेको छ। केही दिनदेखि घट्दै गएको संक्रमणदर अघिल्लो दिनको तुलनामा पछिल्लो २४ घण्टामा दोब्बले बढेको छ।

आज नेपालमा थप ३११ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ३११ जना संक्रमित थपिएको जनाएका हुन्।

Advertisement

यो सँगै नेपालमा संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ।

गत २४ घन्टामा १२१ डिस्चार्ज भएका छन्। यो सँगै १३ हजार ८७५ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । अहिलेसम्म ७२।७ प्रतिशत निको भएर घर फर्किएका छन् ।

क्वारेन्टाइनमा १५ हजार ३३१ र आइसोलेसनमा ५ हजार १ सय २९ जना रहेको प्रवक्ता गौतमले बताए ।

More News last news
Loading...