काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक मंगलबार पनि स्थगित भएको छ।
लामो समयदेखि स्थगित हुँदै आएको नेकपाको स्थायी कमिटीको बैठक मंगलबार पनि दुई अध्यक्षबीच आवश्यक छलफल नसकिएको भन्दै स्थगित भएको छ । बैठक मंगलबार बिहान ११ बजे बोलाइएको थियो।
‘पार्टीका दुई जना अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशन बमोजिम प्रस्ताव तय गर्न बाँकी रहेकाले पार्टी स्थायी कमिटीको मंगलबार बिहान बस्ने भनिएको बैठक स्थगित गरिएको नेकपा प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिएका छन्।
नेकपामा आन्तरिक विवाद बढेसँगै असार १० गतेदेखि जारी नेकपा स्थायी कमिटी बैठक पटक–पटक स्थगित हुँदै आएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
