काठमाडौँ । राप्रपा छाडेका सुनिलबहादुर थापासहितका केही नेता आज नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन्। मङ्गलबार दिउँसो तीन बजे पार्टी कार्यालय सानेपामा पार्टी प्रवेशको कार्यक्रम राखिएको छ।
कांग्रेसले थापालाई सह-महामन्त्री र अरु ५ जनालाई केन्द्रीय सदस्य दिने तयारी गरेको छ। थापाले आफूलाई महामन्त्री र अन्य ११ जना नेतालाई केन्द्रीय सदस्य माग गरेका थिए। थापासँगै राप्रपाका ११ केन्द्रीय सदस्यले पार्टी छाडेका हुन्।
थापा पार्टी प्रवेश गर्ने भएपछि कांग्रेसभित्र विवाद बढेको छ। गोविन्दराज जोशी, पुष्करनाथ ओझा र रामबहादुर विष्टलाई निष्कासन गरेलगत्तै थापालाई पार्टी प्रवेश गराउन खोजिएको भन्दै केही नेताहरुले असन्तुष्टि जनाएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
