काठमाडौँ । ललितपुर जिल्लाको गोदवारी नगरपालिका स्थित वडा–१३ झरुवाराशीमा धार्मिक संस्था चर्चले सिंगो दलित बस्तीलाई नजरबन्दमा पारेको छ।
ओएम नेपाल ट्रान्सफरमिङ लिभ्स एण्ड कम्युनिटी नामक संस्थाले विगत १२ वर्षदेखि पुस्तौ पुस्तादेखि बस्दै आएका दलित बस्तीमाथि थिचोमिचो गर्दै आएको पाइएको छ। करिब १० रोपनी क्षेत्रफल रहेको त्यस स्थानमा संस्थाले कम्पाउण्ड तथा फलामे गेट बनाएर ताल्चा आफूसँग राख्दै आएपछि कम्पाउण्डभित्रका ५ घर परिवार बाहिर निस्कन समस्या भएको छ।
विदेशी सहयोगमा बनेको उक्त संरचनामा आफूहरुले लिएको जग्गा परिसर भएकाले सुरक्षाका लागि कम्पाउण्ड लगाएको सोही संस्थाका कार्यकारी निर्देशक धन लाल पाख्रिनले दाबी गर्दै आएका छन्। तर त्यहाँका दलित परिवारले भने आफूहरुलाई थुचोमिचोमा पारेर त्यहाँबाट निकाल्न खोजेको गम्भीर आरोप लगाएका छन्।
पैसा र शक्तिको प्रलोभन देखाई आफूहरुलाई धर्म परिवर्तन गराउन खाजेको पनि परिवारको आशंका छ।
थप जानकारीका लागि हेर्नुहोस् भिडियो
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
