नेपालमा थप १०० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । बितेको २४ घण्टामा थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले १०० जना थपिएसँगै कुल संक्रमितको संख्या १८ हजार ९४ पुगेको जानकारी दिए।

जसमध्ये १२ हजार ६८४ जना निको भएका छन् भने अब सक्रिय संक्रमितको संख्या ५ हजार ३७० रहेको गौतमले जानकारी दिए। आज थपिएका संक्रमितमा काठमाडौंका ३ जना रहेका छन्।

Advertisement

बुधबार देशका विभिन्न २८ वटा प्रयोगशालाबाट ३ हजार ७ सय ७९ जनाको पीसीआर परीक्षण भएको छ। अहिले संक्रमण दर २ देखि ३ प्रतिशत मात्रै रहेको प्रवक्ता डा गौतमले बताए।

अहिले विभिन्न अस्पतलाका आइसोलेसनमा ५ हजार ३ सय ७० जना उपचाररत रहेका छन् । प्रवक्ता डा गौतमका अनुसार प्रदेश नम्बर १ मा १ सय १९, प्रदेश नम्बर २ मा १ हजार ८ सय ७८, बागमती प्रदेशमा ४ सय २० र गण्डकी प्रदेशमा ३ सय ८९ जना उपचाररत रहेका छन्। यस्तै प्रदेश नम्बर ५ मा ३ सय ४५, कर्णाली प्रदेशमा २ सय ९० र सुदूरपश्चिम प्रदेशमा १ हजार ९ सय २७ जना संक्रमित उपचाररत रहेका छन् ।

बुधबार २० हजार ८ सय ४२ जना क्वारेन्टिनमा रहेका छन्। प्रदेश नम्बर १ मा २ हजार ५ सय ५८, प्रदेश नम्बर २ मा २ हजार ३ सय ९७, बागमती प्रदेशमा १ हजार ४ सय ८४ र गण्डकी प्रदेशमा ३ हजार ३ सय ९ जना क्वारेन्टिनमा रहेका छन्। यस्तै प्रदेश नम्बर ५ मा ३ हजार २ सय २४, कर्णाली प्रदेशमा १ हजार ३ सय ८ र सुदूरपश्चिम प्रदेशमा ६ हजार ५ सय ६२ जना क्वारेन्टिनमा रहेका छन्।

More News last news
Loading...