नेविसंघ धादिङ-काठमाडौँ सम्पर्क समितिद्वारा वृद्धाश्रमलाई खाद्यन्न सामग्री सहयोग

काठमाडौँ । नेपाल विद्यार्थी संघ धादिङ–काठमाडौँ सम्पर्क समितिले तारकेस्वर नपा–७ मा अवस्थित नवजीवन परोपकार वृद्धाश्रमलाई खाद्यन्न सामग्री सहयोग गरेकोछ।

विपि कोईरालाको ३८ औँ स्मृति दिवस पारेर गरिएको सो कार्यक्रममा नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य प्रदिप पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि पौडेलले सम्पर्क समितिले सृजनशील काम गरेको भन्दै, यस्ता क्रियाकलापले नै विपि कोइराला प्रति सच्चा श्रद्भान्जली हुने बताए।

Advertisement

साथै नेविसंघलाई सधैँ यस्तै सृजनात्मक काम गर्न पनि उनले अनुरोध गरे। आश्रमलाई सहयोग गर्न दाल, चामल, नुन, तेल,चिनी, फलफुल लगायतका सामाग्री लिएर नेविसंघ नेता तथा कार्यकर्ता आश्रममा पुगेका थिए। कार्यक्रम नेविसंघ धादिङ–काठमाडौँ सम्पर्क समितिका अध्यक्ष किरण भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रममा काङ्ग्रेसका नेताहरु राकेश धमला, कृष्ण रिजाल, योग बहादुर तामाङ, राजेन्द्र सुवेदी,हर्कमान तामाङ,तरुण दलका नेता भाग्बत रेग्मी, ने बि संघका नेताहरु इस्वर अधिकारी, निवर्तमान केन्दिय सदस्य सुशील भट्ट,जयराम दाहाल,निरन्जन थापा,माधव शर्मा,सुरेन्द्र थपलिया,सन्तोष गुरुङ,प्रदीपजङ्ग शाह, दिलिक्षा अधिकारी आदिको उपस्थिति थियो।

More News last news
Loading...