प्रतिभाको मञ्च सिजन ४ सुरु हुँदै, यसरी दिन सकिन्छ आवेदन

काठमाडौँ । प्रतिभाको मञ्चको चौँथो सिजन संचालन हुने भएको छ । सामाजिक सेवाको भावले सञ्चालित य्ट्युब कार्यक्रम फरक सोचलाई सहयोग गर्ने सामाजिक उदेश्य सहित प्रतिस्पर्धा सुरु हुन लागेको हो ।

समाजमा रहेका बृद्ध बृद्धाहरु, एकल महिला, टुहुरा बालबलिका तथा अपांगहरुलाई खाध्यन्न, लत्ता कपडा र नगद नै सहयोग गर्दै आएको फरक सोचका संचालक राम चन्द्र सुन्दासले बताएका छन ।

Advertisement

प्रतिभाको मञ्चको चौँथो सिजनमा सम्पुर्ण उमेर समुह, सम्पुर्ण जातजाती, महिला, पुरुष, बालबालिका, अपांग र खास गरी नेपाली भाषा जान्ने जो कोहिले पनि प्रतियोगीको रुपमा भाग लिन पाउने छन्।

मनोरञ्जनका सम्पुर्ण बिधाहरु प्रतियोगीतामा समावेश गरिएको जनाईएको छ । प्रथम चरणमा प्रतिस्पर्धीको घरमै गएर अडिशन लिइने छ । दोस्रो चरणमा भने लाईभ अडिसन गरिने छ जहाँ जर्शक दिर्घा पनि रहने छन् । पाँचौ चरणमा पुग्दा कार्यक्रमको फाईनल हुने छ।

प्रतियोगीतामा आबेदकको रुपमा आएका सबै बिधाहरुबाट उत्कृष्ट एक एक जना को छनौट गरी अन्तिम चरणको समापन हुने बताईएको छ । बिधाका आधारमा निर्णाएक मण्डल रहने पनि भनिएको छ।

बिजेताहरुले नगद र अन्य उपहारहरु पाउने छन्। सम्पुर्ण एपिसोडहरु युटुब च्यानल फरक सोचमा प्रत्येक सोमबार र शुक्रबार लाईभ हुनेछन्।

अडिसन अहिले भैरहेको पनि भनिएको छ। आबेदन भर्नको लागी घरमै आउने भएपछि सहज हुने बताईएको छ त्यसको लागी प्रतिस्पर्धिले आफ्नो ठेगाना आयोजक फरक सोचलाई जानकारी गराउनुपर्ने छ।

प्रतिभाको मञ्चको सिजन एक देखि नीनसम्म आईपुग्दा क्रमश, गायनबाट ताप्लेजुङका भुपेन्द्र बिष्ट, गायनबाट काठमाडौँकी समिक्षा बस्नेत र गायनबाटै पाँचथरका मुस्कान राईले प्रतियोगीता जितेका थिए।

यस पटक कस्ले र कुन बिधाबाट बाजी मार्ने हो उत्सुक्ताको बिषय बनिसकेको छ । कार्यक्रम सम्बन्धि सम्पुर्ण जानकारी फरक सोचको अफिसीयल युटुब र फेसबुक (फरक सोच) मा राखिने सुन्दासले बताएका छन्।

More News last news
Loading...