काठमाडौँमै पहिरोले पुरिएर जुम्ल्याहा बालबालिकाको ज्यान गयो

काठमाडौँ । काठमाडौँको टोखामा पहिरोमा परी जुम्ल्याहा बालबालिकाको मृत्यु भएको छ।

मंगलबार बिहान टोखा नगरपालिका-१ तासीडाँडामा पहिरो खस्दा तीनरतीन वर्षीया जुम्ल्याहा बालबालिकाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले जनाएको छ।

Advertisement

मृत्यु हुनेमा सचिन रानामगर र सन्ध्या रानामगर छन्। काम गरेर आमाबुबा टहरोमा खाना खाँदै थिए,वृत्तका डिएसपी रोशन खड्काले भने, त्यत्तिकैमा पहिरो खसेर बच्चाहरू पुरिए। उनीहरूलाई तान्न पाएनन्।

उनीहरूका आमाबुबा मजदूर हुन्।

More News last news
Loading...