लामो दूरीका सवारी साधन भदौ १ गतेदेखि सञ्चालन हुने

काठमाडौँ । सरकारले लामो दूरीका सवारी साधन भदौ १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ।

सरकारका प्रवक्ता डा खतिवडाले लामो दूरीका सवारी साधन भदौ १ गतेदेखि सञ्चालन गर्ने सरकारको निर्णय मंगलबार सार्वजनिक गरेका हुन्।

Advertisement

भदौ १ गते आन्तरिक तथा बाह्य उडान खुला गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले सोमबार नै गरिसकेको छ।

नेपाल सरकारले चैतको दोस्रो साता सुरु भएको लकडाउन मङ्गलवार राती १२ बजेदेखि अन्त्य गर्ने निर्णय गरेको छ। सोमवारको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री युवराज खतिवडाले बताए।

बैठकको निर्णय सार्वजनिक गर्न मङ्गलवार आयोजित पत्रकार सम्मेलमा उनले भने, अब भरे राति १२ बजेबाट लकडाउन सकियो भन्ने बुझ्नुपर्यो। तर विभिन्न क्षेत्रमा जारी कतिपय प्रतिबन्धहरू कामयमै राखिएको र त्यसलाई क्रमशस् खुला गर्दै लगिने पनि उनले बताए।

More News last news
Loading...