पोखरा । गण्डकी प्रदेशमा १६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ३४५ पुगेको छ ।
पछिल्लो समय क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ १६ जना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
पछिल्लो समय थपिएका १६ जना पोजेटिभ देखिएकामा प्रतिबेदन गर्न छुट ४ सहित स्याङ्जाका ७, लमजुङमा ६, बागलुङमा ३ जना रहेका छन् ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
