नेकपा स्थायी कमिटीको बैठक पुनः एक हप्ताका लागि स्थगित

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बाढी, पहिरो तथा डुबानमा परेकाहरुको उद्धार र राहतमा जुट्न नेता तथा कार्यकर्तालाई आह्वान गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले विपत्तिमा परेकाहरुको उद्धार तथा राहत कार्यमा जुट्न सम्पूर्ण जनप्रतिनिधि, नेता तथा कार्यकर्तालाई आह्वान गरेको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए।

Advertisement

बैठकले सरकारलाई पनि राहत, उद्धार तथा उपचारको उचित व्यवस्था मिलाउन आग्रह गरेको छ।

बाढी पहिरो पीडितको उद्धार तथा राहतमा खट्ने निर्णय गरेर पार्टीको स्थायी कमिटी बैठक साउन १३ गतेसम्मको लागि स्थगित गरेको पनि थापाले जानकारी दिए।

मङ्गलबारको बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली भने उपस्थित भएनन्। प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत शीर्ष नेताले स्थायी कमिटीमै राखेपछि नेकपाभित्र विवाद रहेको छ।

More News last news
Loading...