सरकारले गत चैतबाट ठप्प हवाई उडान आगामी भदौ १ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक र बाह्य उडान भदौ १ गतेबाट खोल्ने निर्णय गरेको हाे।
संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको अध्ययन समितिले आन्तरिक उडान साउन २१ गतेदेखि र अन्तर्राष्ट्रिय उडान भदौ १ गतेदेखि खुलाउन सकिने सुझाव दिएको थियो।
मन्त्रालयले सोही प्रस्ताव मन्त्रिपरिषदमा लगेकोमा दुबै उडान भदौ १ गतेबाट खोल्ने निर्णय भएको एक मन्त्रीले जनाए। हवाइ उडानका लागि कार्यविधि बनाएर अघि बढाइने छ। त्यसको जिम्मेवारी पर्यटन मन्त्रालयलाई दिइएको छ।
कोरोना भाइरस रोकथामका लागि भन्दै सरकारले गत चैत ११ गतेदेखि लकडाउन लागू गरेको थियो।
त्यसअघि चैत ९ देखि अन्तर्राष्ट्रिय बन्द गरिएको थियो। चैत ११ देखि आन्तरिक उडान समेत ठप्प छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
