अलजजिरा । सन् २०१९ को डिसेम्बरसम्म कोरोनाभाइरस चीनमा सिमित देखिएको थियो । तर, त्यसको केही हप्तापछि नै कोभिड-१९ वैश्विक महामारीमा परिणत भयो। यस रोगको संक्रमण १८८ देशमा फैलिसकेको छ ।
जोन होप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार विश्वभर यस भाइरसबाट १ करोड ४२ लाख जना संक्रमित भइसकेका छन् भने ६ लाख बढीले ज्यान गुमाइसकेका छन् । यसमध्ये ७९ लाख भने निको पनि भएका छन्।
यो भाइरस वैश्विक महामारी बनिरहँदा अझै केही देशमा भने यस भाइरसको संक्रमण देखिएको छैन या देखिएको रिपोर्ट गरिएको छैन।
ती देशहरुमा किरिबाती, मार्सल आइल्यान्डस, माइक्रोनेसिया, नाउरु, उत्तर कोरिया, पालाउ, सामोआ, सोलोमन आइल्यान्डस, टोङ्गा, तुर्कमेनिस्तान, ताभालु र भानुआतु रहेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
