तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केहि दिन अघि तनहुँमा गएको बाढी पहिरोमा परि घाइते भएकाहरुलाई अस्पतालमा पुगेर भेट गरेका छन् ।
बरिष्ठ नेता पौडेलले तनहुँको व्यास नगरपालिका– ९ माझफाँटका केशर थापा र ऋषिङ गाउँपालिका– ८ पल्ट्याङका दधिसरा थापाको गण्डकी मेडिकल कलेज पोखरामा पुगी स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् ।
घाइते केशर थापालाई व्यास नगरपालिकाका तर्फबाट दिइने राहत रकम पनि पौडेलले अस्पतालमा नै हस्तान्तरण गरेको उनका स्वकिय सचिव चिरन्जीवी अधिकारीले जानकारी दिए । उनीहरु दुवै जनाले पहिरोमा परि परिवार गुमाएका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
