ओलीलाई राजीनामा दिन दाहाल–नेपालको आग्रह, सहमति हुन सकेन

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युष्टि पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर तत्काल प्रधानमन्त्री पदबाट राजीनामा दिन आग्रह गरेका छन्।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्ता अध्यक्ष दाहाल र नेता नेपालले ओलीलाई राजीनामा दिन आग्रह गरेका हुन् ।

Advertisement

गत असार १० गतेदेखि सुरु भएको पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्ष दाहालसहित बरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार नेपाल, वरिष्ठ उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए।

तर, ओलीले सुरुदेखि नै आफूले दुवै पदबाट राजीनामा नदिने अडान लिँदै आएका छन् । सहमति खोज्ने भन्दै नेकपाको स्थायी कमिटीको बैठक पटक–पटक स्थगित् हुँदै आएको छ।

स्थायी कमिटीको बैठक भोलि विहान ११ बजे बस्ने भनिएको छ । बैठकको पूर्वसन्ध्यामा सहमतिका लागि भन्दै आज दाहाल र नेपाल बालुवाटार गएका हुन्।

तर, प्रधानमन्त्री ओलीले राजीनामा नदिने अडान लिएपछि सहमति नभई फर्किएको अध्यक्ष दाहालनिकट स्रोतले जनाएको छ।

More News last news
Loading...