काठमाडौँ । साउने संक्रान्ति पर्व शुरु भएसँगै महिलाहरुमा मेहेन्दी र हरियो चुरा लगाउने प्रचलन छ।
वनजंगल, खेतवारी मात्र नभई साउन महिना शुरु भएपछि महिलाहरुका हातमा हरियो चुरा र मेहेन्दी देखिन्छ । विवाहित महिला सौभाग्यको प्रतिकको रुपमा हरियो चुरा लगाउँछन्।
अविवाहित युवती पनि राम्रो वर प्राप्त होस् भन्ने भनि हरियो चुरा र मेहन्दी लगाउँछन्। तर, यो चलन कहिलेबाट आयो र किन साउन मै हरियो चुरा र मेंहन्दी लगाइन्छ भन्नेबारे सबैलाई थाहा नहुन पनि सक्छ।

हिन्दू धर्मग्रन्थका अनुसार साउनमा माता पार्वतीले पति महादेवलाई खूशी बनाई सौभाग्य प्राप्त गर्न हरिया चुरा, पोते र हातमा मेहेन्दी लगाएकी थिइन्। र साउनमा जताततै हरियाली हुने हुनाले त्यही हरियालीमा रमाएर महादेवबाट सौभाग्य प्राप्तिको खूशी प्राप्त गर्न पाइन्।
प्राचीन किंवदन्ती अनुसार मेहेन्दी, हरियो चुरा र व्रत्र बस्दा विवाहित महिलाका श्रीमानको आयु बढ्छ । यसको वैज्ञानिक तथ्य पनि रहेको छ।

विवाहित महिलाले यसरी चुरा मेहेन्दी लगाउँदा उनीहरुको सुन्दरता सामान्य भन्दा बढ्ने गर्छ जसले श्रीमानमा श्रीमतीको आकर्षण कायम राख्छ। श्रीमतीले व्रत्र बस्दा स्वास्थ राम्रो हुनुका साथै श्रीमाती प्रति श्रीमानको सम्बन्ध प्रगाढ हुने गर्दछ।
साथै चुरा लगाउँदा यसको ध्वनिले मानिसको मस्तिष्कलाई एकाग्रता राख्न मद्दत गर्दछ। चुराको आवाजले मानिसको मस्तिष्कलाई अन्य धेरै नै फाइदा पुर्याउने वैज्ञानिकहरुको भनाइ छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
