काठमाडौँ । यातायात व्यवसायीहरुले वातावरण सहज बने लामो दुरीको यातायात पनि सञ्चालन गर्न सकिने प्रस्ताव गरेका छन्।
यातायात व्यवस्था विभागमा सरोकारवाला पक्षसँगको छलफलमा व्यवसायीहरुले सहज वातावरण भए लामो दुरीको यातायात सेवा सञ्चालन गर्न सकिने प्रस्ताव गरेका हुन्।
सरकारले आफुहरुसँग परामर्श नगरी यातायात सेवा सञ्चालन गर्ने निर्णय गरेपछि रुष्ट बनेको व्यवसायीहरुले विभागमा भएको सर्वपक्षीय छलफलमा यस्तो प्रस्ताव गरेका हुन्। नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले वातावरण सहज बने लामो दुरीको यातायात सञ्चालन गर्ने प्रस्ताव गरिएको बताए।
आफ्ना मागहरुप्रति सरकार सकारात्मक बनि स्वस्थ्य यात्रा वातावरण बने लामो दुरीको सवारी सञ्चालन गर्न सकिने प्रस्ताव छलफलको क्रममा रहेको उनले बताए। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक भीम ढकालले सवारी सञ्चालनका लागि जारी भएको प्रोटोकलका विषयमा छलफल भएको बताए।
कोरोनाको संक्रमणबाट यात्रुहरुले जोगाएर आवागमनलाई सहज बनाउने सम्बन्धमा सर्वपक्षीय बैठकले निर्णय गरेको उनले बताए । स्वास्थ्य सुरक्षाका सबै पक्षलाई ध्यान दिँदै कुन निकायले के गर्ने भन्ने जिम्मेवारी समेत तोकिएको उनले बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
