काठमाडौं । देशका विभिन्न ठाउँमा आएको वाढी पहिरोको समस्या वढिरहेका बेलामा उदयपुर जिल्ला समेत प्रभावित भएको भन्दै काँग्रेस नेता एवं सांसद डा. नारायण खड्काले गृहमन्त्री रामबहादुर थापा बादलको ध्यानाकर्षण गराएका छन् ।
आज खड्काले गृहमन्त्रालय पुगेर आफ्नो गृह जिल्ला उदयपुर सहित देशका विभिन्न स्थानमा वाढी, पहिरोबाट पुगेको क्षतिको बिषयमा ध्यानाकर्षण गराएका हुन् । उदयपुर जिल्लाका अधिकाशं भू–भाग वाढीको उच्च जोखिममा रहेको र ठूलो खेतीयोग्य जमिन कटानमा रहेको भन्दै त्यसतर्फ बेलैमा सचेत हुनुपर्ने भन्दै खड्काले ध्यानाकर्षण गराए ।
भेटमा गृहमन्त्री थापाले तत्काल यसबारेमा निर्णय लिदैं प्रभावित क्षेत्रका जनतालाई समयमै राहतको व्यबस्था गरिने प्रतिवद्धता जनाए । यस्तै सम्भावित क्षेत्रहरुमा वाढी रोक्न उच्च सावधानी र समस्या समाधानका लागि पहलकदमी गरिने उनले बताए ।
उदयपुरका विभिन्न स्थानमा बर्षौदेखि सप्तकोशी, त्रियुगा, वरुवा लगायतका नदीबाट ठूलो भागमा जनधनको क्षति हुँदै आएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
