काठमाडौं । नव गायक धुव्र शर्माको पहिलो तीज गीत ‘बारुली कम्मर’ सार्बजनिक भएको छ ।
आफ्नै शब्द, संगीत र स्वरमा सार्बजनिक गरेका शर्माको ‘बारुली कम्मर’ गीतमा चर्चित गायिका सम्झना भण्डारीले साथ दिएकी छिन् । गीतले कोरोना महामारीका बेलामा घर बाहिर जान नपाएपनि घरमै बसेर दर खाएर रमाईलो गर्नुपर्ने सन्देश दिन खोजेको छ ।
गीतलाई औषधी पसल अनलाइन फार्मेसी र होटल तिरुपती पोखराले संयुक्त रुपमा बजारमा ल्याएको हो । गीतको भिडियोमा चर्चित नृत्य निर्देशक शंकर बि.सी., ऋतु तामाङ, प्रल्हाद शर्मा र अस्मिता शर्माले अभिनय गरेका छन् ।
चर्चित गायिका भण्डारीले यसअघि दर्जनौं गीत गाईसकेको भएपनि शर्माले गीत संगीतको क्षेत्रमा पहिलोपटक हात हालेका हुन् ।
गीतको भिडियो हेर्नुहोस् :
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
