काठमाडौं । कर्णाली प्रदेशका एक जना सांसदलाई पनि कोरोना संक्रमण देखिएको छ ।
प्रदेश सभामा प्रतिनिधित्व गर्ने एक जना सांसदलाई कोरोना देखिएको प्रदेश सभाले जनाएको छ। सोमबार गरिएको पिसिआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको हो।
कोरोना पोजेटिभ सांसदलाई आइसोलेसनमा राखिएको छ। उनको अवस्था सामान्य रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
एक जनालाई कोरोना पुष्टि भएपछि सम्पर्कमा रहेका सांसद तथा अरु व्यक्तिहरूको ट्रेसिङ भइरहेको बुझिएको छ । हाल संसद बैठक अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
