काठमाडौँ । नेपालमा बिजुली बस सञ्चालन गर्दै आएको सुन्दर यातायात प्रालीले मङ्गलबारदेखि सेवा दिने भएको छ ।
सोमबार प्रेस विज्ञप्ति निकाल्दै कम्पनीले सरकारको निर्णय अनुसार मङ्गलबारदेखि बस सञ्चालन गर्न लागेको जानकारी दिएको हो ।
यात्रुहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै स्यानिटाइजर, मास्क उपलब्ध गराउने र बसको हरेक राउण्डमा डिसइन्फेक्शन गरिने कम्पनीले जनाएको छ ।
कम्पनीकी प्रशासन प्रमुख सरिता गिरीमार्फत निकालिएको विज्ञप्तिमा पुरानै भाडादरमा सेवा दिने उल्लखेख छ । ‘सरकारले लिने भनेको थप ५० प्रतिशत भाडा नलिइ पुरानै भाडामा यात्रा गराउने समेत व्यहोरा अवगत गराउँदछौँ’, विज्ञप्तिमा भनिएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
