काठमाडौँ । नून नहालेको दाल तरकारी खान मुश्किल पर्छ । तर खानाको स्वाद बढाउन बाहेक नुहाउँदा पनि नूनको उपयोग हुन्छ । नुहाउने पानीमा नून हाल्दा अनेकौं रोग भाग्छन् । यसले संक्रमणहरूलाई पनि निको पार्छ।
ज्वरो आउँदा तपाईं सीधे नून मनतातो पानीमा हालेर नुहाउनुस् । एक बाल्टिन मनतातो पानीमा दुई चम्चा नून, एक चम्चा नरिवल तेल मिसाएर नुहाउनका लागि त्यो पानी प्रयोग गर्नुस् । यसरी नुहाउँदा रुघा र ज्वरो ठीक हुन सहायता पुग्छ।
मांसपेशीको पीडा पनि नून हालेको पानीले नुहाउँदा ठीक हुन्छ। नूनिलो पानीले नुहाउँदा शरीरमा क्याल्सियमको कमी हुन पाउँदैन र हाड तथा नङ बलिया हुन्छन्।
नून हालेको पानीले नुहाउँदा छाला चिलाउने समस्या हट्छ। अनि राम्रो निद्रा पनि लाग्छ । अनिद्राको समस्या भएकाहरूले नून हालेको पानीले नुहाउने सल्लाह दिइन्छ।
नूनपानीको स्नानले शारीरिकका साथै मानसिक स्वास्थ्यलाई पनि राम्रो बनाउँछ । यस्तो पानीले स्नान गर्दा तपाईं शान्त, खुशी र आराम अनुभव गर्नुहुन्छ। यो राम्रो स्ट्रेस बस्टर हो।
गोडाहरूमा शरीरको सबभन्दा बढी दबाबा पर्छ। गोडाहरू अधिकांश समय चलायमान हुन्छन् र शरीरलाई सपोर्ट गर्छन्। त्यसैले गोडाका मांसपेशी मुलायम हुन्छन् र जुत्ता चप्पलका कारण फोका उठ्छन्। नूनपानीले नुहाउँदा गोडाको मांसपेशीको पीडाबाट मुक्त भइन्छ र गोडाको दुर्गन्ध हट्छ।
नूनमा भएका मिनरल र पोषक तत्त्वले छालालाई जवान बनाउँछ। म्याग्नेसियम, क्याल्सियम, ब्रोमाइड, सोडियम जस्ता मिनरलहरू छालाका छिद्रमा प्रवेश गर्छन् र छालाको सतहलाई सफा गरेर स्वस्थ र चम्किलो बनाउँछन्। नूनपानीले नुहाउँदा छालाबाट विषालु तत्त्व बाहिर निस्कन्छन् र छालाको गहिराइबाट सफाइ गर्छन्। नूनपानीले ब्याक्टेरियालाई छालाबाट निकालेर जवान बनाउँछ।
नियमित रूपमा नूनपानीले नुहाउँदा दाग र चाउरी घट्छन्। छाला नरम हुन्छ र छालाको नमी सन्तुलित रहन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
