काठमाडौँ । डा. सूर्यराज आचार्य र मुमाराम खनाल साझा पार्टीबाट अलग भएका छन्। पार्टी निर्माण प्रक्रियाबारे सहमति जुट्न नसकेपछि प्रवक्ता डा. आचार्य र केन्द्रीय सदस्य खनाल पार्टी संगठनबाट विदा भएका हुन्।
साझा पार्टीको आइतबार बसेको केन्द्रीय समिति बैठकले आचार्य र खनाललाई धन्यवाद दिने प्रस्ताव समेत पास गरेको छ।
पार्टी एकीकरण-ध्रुवीकरणको बाटो रोज्नु भनेको उल्टो बाटो हुने आचार्य र खनालको तर्क छ। साथै दुबैले पार्टी संरचनामा नबस्ने बताएपछि आइतबार बसेको बैठकले अहिलेसम्म गरेको योगदानका लागि धन्यवाद दिने निर्णय गरेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
