सरकारबिरुद्ध नेबिसंघ दिनहुँ आन्दोलित, मूल्यवृद्धिको विरोधमा आयल निगम घेराउ

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा बारम्बार गरेको मूल्यवृद्धिको बिरोधमा प्रमुख प्रतिपक्षी न्पाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गर्दै आयल निगम घेराउ गरेको छ ।

पेट्रोलियम पदार्थमा बारम्बार गरिएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग राख्दै नेविसंघले आइतबार बबरमहलस्थित आयल निगम घेराउ गरेको हो । कमिसन र भ्रष्टाचारमा डुबेको सरकारलाई सचेत गराउन जनदबाब निर्माण गर्ने उद्देश्यले आयल निगम घेराउ गरिएको संघका महामन्त्री युवराज पाण्डेयले जानकारी दिए ।

Advertisement

वर्तमान नेकपा सरकारले विपत्को समयमा पेट्रोलियम पदार्थमा बारम्वार मूल्यवृद्धि गरि जनताको ढाड सेक्ने काम गरिरहेको संघको आरोप छ । कमिशन र भ्रष्टाचारमा चुर्लुम्म डुवेको सरकारलाई सचेत गराउन जनदवाव निर्माण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको यस्ता कार्यक्रमलाई निरन्तरता दिने संघले जनाएको छ ।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको शशक्त विद्यार्थी संगठन रहेको नेबिसंद्धले सरकार बिरुद्ध दिनहुँ जसो विभिन्न मुद्दामा आन्दोलन एवं खबरदारी गर्दै आईरहेको छ ।

More News last news
Loading...