काठमाडौँ। भरतपुर मेडिकल कलेजका तीन जना डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ । मिर्गौलाको अवैध कारोबार गरेको आरोपमा शनिबार मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले त्यहाँ कार्यरत तीन डाक्टरलाई पक्राउ गरेको हो।
यस्तै जिल्ला प्रशासन कार्यालयका एक कर्मचारी पनि पक्राउ परेका छन्। ब्यूरो स्रोतका अनुसार पक्राउ पर्नेमा डाक्टरहरु राकेश बर्मा, सुप्रवास श्रेष्ठ र बालकउष्ण कालाखेती रहेका छन्।
जिल्ला प्रशासन कार्यालयका कर्मचारीको नाम भने खुलाइएको छैन। उनीहरुमाथि नेपाली नागरिकलाई भारतीय बनाएर मिर्गौला प्रत्यारोपण गराएको आरोप छ।
सो अस्पताल चितवनको पुरानो मेडिकल कलेजको नामले पनि परिचित छ। प्रहरीले अभियुक्तहरुलाई काठमाडौँ ल्याउँदै छ भने आइतबार पत्रकार सम्मेलन गरेर विस्तृत विवरण सार्वजनिक गर्ने ब्यूरोको तयारी छ।
प्रहरीका अनुसार लामो अनुसन्धानपछि ४ जनाको संलग्नता खुलेको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
