८ प्रहरीको हत्या गरेका गुण्डा नाइके विकास दुवे प्रहरी इन्काउन्टरमा मारिए

काठमाडौँ । भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारवाहीमा मारिएका छन्। प्रहरीको हतियार खोसेपछि जवाफी कारबाहीमा उनी मारिएको भारतीय प्रहरीको दाबी छ।

दुवे बिहीबार उज्जैन भन्ने स्थानको महांकाल मन्दिरबाट पक्राउ परेका थिए।

Advertisement

उनलाई प्रहरीले शुक्रबार बिहान कानपुर लग्दै थियो। भारतीय प्रहरीको दाबी अनुसार उनी सवार गाडी शुक्रबार बिहान साढे ६ बजे सडक किनारमा पल्टियो। त्यसपछि विकास दुवेले प्रहरीको हतियार खोसेर आक्रमणको प्रयास गरे र जवाफी कारबाहीमा उनी मारिए ।

दुवेको छाती र कम्मरमा गोली लागेको छ। उनलाई अस्पताल लैजाँदै गर्दा बिहान सात बजेर ५५ मिनेटमा दुवेको मृत्यु भएको भारतीय प्रहरीको दाबी छ।

भारतको कानपुरमा दुवेको समूहसँगको मुठभेडमा एक डिएसपीसहित ८ जनाको मृत्यु भएको थियो।

More News last news
Loading...