सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने सरकारको निर्णय

काठमाडौँ। सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी साधन चल्न दिने निर्णय गरेको छ। गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।

सरकारका प्रवक्ता समेत रहेका डा युवराज खतिवडाले बिहीबारको नियमित पत्रकार सम्मेलनमा कोभिड–१९ का सन्दर्भमा थप निर्णय गरेको भन्दै यसबारे जानकारी गराएका हुन्।

Advertisement

त्यसक्रममा उनले काठमाडौँ उपत्यकामा सुरक्षाका मापदण्ड अपनाएर सार्वजनिक सवारी साधन संचालन गर्ने निर्णय गरेको जनाकारी गराएका हुन्। उपत्यकाबाहिर पनि एक जिल्लाबाट अर्को जिल्लामा जान नपाउने गरी सवारीसाधन सञ्चालन गर्ने सरकारले निर्णय गरेको छ।

कूल क्षमताको ५० प्रतिशत यात्रु राखेर छोटो दुरीका सवारी सञ्चालन हुने सरकारका प्रवक्ता डा खतिवडाले बताए। उपत्यकाको हकमा काठमाडौँ, ललितपुर र भक्तपुर तथा अन्य जिल्लाको हकमा जिल्ला भित्र मात्रै सञ्चालन हुने गरी सार्वजनिक सवारी सञ्चालन हुने भएका हुन्।

अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका प्रवक्ता खतिवडाकाअनुसार एक पंक्तिको एक सिटमा एकजना हुनेगरी कूल क्षमताको ५० प्रतिशत मात्रै यात्रु राख्न पाइने छ।

सवारी, चालक र सहचालकले मास्क र सेनिटाइजर अनिवार्य प्रयोग गर्नुपर्नेछ। गाडीमै स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने चालक र सहचालकले मास्कसँगै भाइजर र पञ्जा लगाउनुपर्ने र दैनिक निसंक्रमित गरेर मात्रै सवारी गुडाउनुपर्ने उनले बताए। सार्वजनिक यातायातले यो मापदण्ड लागू हुँदासम्म प्रचलित भाडादरमा ५० प्रतिशत बढी भाडा लिन पाउनेछन्।

सरकारले लामो मध्यम तथा लामो दूरीको यातायात बन्द गर्ने निर्णय भने कायमै रहेको छ।

More News last news
Loading...