चोटपटक लाग्दा छालामा घाउको खत बस्छ। केही घरेलु उपाय अपनाएर खतबाट छुटकारा पाउन सकिन्छः
–घाउ भएको ठाउँवरिपरिको छाला सफा गर्ने। एउटा कचौरामा कागतीको रस हालेर त्यसमा कपासको डल्लो डुबाउने। कपासले दाग भएको ठाउँमा १० मिनेटसम्म रगड्ने। पछि पानीले सफा गर्ने।
–दुई चम्चा मह र दुई चम्चा बेकिङ सोडालाई एउटा कचौरामा मिसाउने। यस मिश्रणलाई घाउको खत भएको ठाउँमा तीन मिनेटसम्म मसाज गर्ने। निसान भएको ठाउँमा तातो तौलिया राख्ने। तौलिया चिसो भएपछि छाला सफा गर्ने।
–प्याजको रस निकाल्ने। प्याजको रसलाई घाउको खत भएको ठाउँमा राम्ररी दल्ने। केही मिनेट राख्ने र पछि सफा पानीले पखाल्ने।
–घिउकुमारीले छाला सुन्निएको कम गर्छ। छालाका कोशिकालाई ठीक गर्न र नयाँ कोशिका निर्माण गर्न मद्दत गर्छ। घाउको निसान भएको ठाउँमा घिउकुमारीको रस लगाउने र मसाज गर्ने। नियमित यसो गरे खत हटेर जान्छ।
–अमला भिटामिन सीको मुख्य स्रोत हो। घाउ हुँदा तुरुन्तै अमलाको पेस्ट लगाइयो भने खत बस्दैन। अमलाको पाउडरलाई पानी अथवा जैतुनको तेलमा मिसाई पेस्ट बनाउने र घाउ भएको ठाउँमा त्यस पेस्टले मसाज गर्ने।
–काँक्रोले छालामा घाउको दाग लाग्न नदिन मद्दत गर्छ। काँक्रोलाई ताछेर काट्ने र त्यसको बीउ निकाल्ने। बीउ निकालेपछि मिक्सरमा पिस्ने। एउटा कचौरामा एउटा अण्डा राखी काँक्रो त्यसमै मिसाउने। यस पेस्टलाई २० मिनेटसम्म खतमा लगाउने। पछि सफा चिसो पानीले धुने।
–घाउको खत हटाउन जैतुनको तेल पनि प्रभावकारी छ। घाउ भएको ठाउँमा जैतुनको तेल लगाई पाँच मिनेटसम्म मसाज गर्ने। १० मिनेटसम्म यसै राख्ने र पछि सफा कपडाले पुछ्ने।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
