गण्डकी प्रदेशमा थपिए २० जना कोरोना संक्रमित

काठमाडौं । गण्डकी प्रदेशका ७ जिल्लामा थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा, जनस्वास्थ्य प्रयोगशाला, हेटौडा र भरतपुर अस्पताल, चितवन गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ २० जना संक्रमित थपिएका हुन् ।

Advertisement

संक्रमितमध्ये लमजुङका ५ जना, कास्की र नवलपरासी वर्दघाट सुस्ताका ४/४ जना, गोरखा, वाग्लुङ र म्याग्दीमा  २/२ जना र तनहुँका एक जना रहेका छन् ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११४९ पुगेको छ । यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या ३८६ पुगेको छ ।

More News last news
Loading...