काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्रमा उद्धार टोली पठाउन आग्रह गरेका छन् ।
त्यस्तै उनले उद्धारमा खटिन कांग्रेसका नेता कार्यकर्ताहरूलाई निर्देशन पनि दिएका छन्। देउवाले ट्वीट गर्दै थप मानविय र भौतिक क्षति हुनबाट जोगाउन सरकारलाई आग्रह गरेका छन्।
‘सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्रमा आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुग्ने देखिएको छ। म सिन्धुपाल्चोकका कांग्रेसका साथीहरुलाई तत्काल उद्दारमा खटिन निर्देशन गर्दछु,’ उनले लेखेका छन्, ‘सरकारलाई छिटोभन्दा छिटो त्यो क्षेत्रमा उद्दार टोली खटाएर थप मानविय र भौतिक क्षेत्र हुन जोगाउन अनुरोध गर्दछु।’
यसैबीच, नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले एक बिज्ञप्ति जारी गर्दै जनधनको क्षतिप्रति नेपाली काँग्रेस दुखी भएको जनाएका छन् । यस स्थितिमा तत्काल युद्धस्तरमा उद्दारको कार्य गर्न सरकार समक्ष माग पनि गरेका छन् ।
बिज्ञप्तिमा भनिएको छ, ‘बर्षाको समयमा हरेक बर्षझैँ यो बर्ष पनि बाढी पहिरोको घटना विकराल बन्न सक्ने स्थिति दृष्टीगत गर्दै नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७७ असार २२ गते बसेको बैठकले यसबारे विपत ब्यवस्थापनको उच्च स्तरीय तयारी प्रारम्भ गर्न सरकारको विशेष ध्यानाकर्षण गराएको थियो र पुनः सरकारको ध्यानाकृष्ट गराउँदछ ।’
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
