नेपालमा २४ घण्टामा ६८८ कोरोना संक्रमित निको, चार जिल्ला ‘कोरोना फ्री’

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६८८ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित निको भएर घर फर्किएका छन् । नेपालमा पछिल्लो अद्यावधिक विवरण अनुसार कोरोना निको हुनेको संख्या ७,४९९ पुगेको छ।

केही दिनदेखि काठमाडौँ उपत्यकामा संक्रमित बढेपनि समग्र देशभर कोरोना संक्रमितको संख्या घट्दै गएको छ । पछिल्लो २४ घण्टामा नेपालमा जम्मा २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार १६८ पुगेको छ । जसमध्ये ३५ जना संक्रमितको ज्यान गएको छ।

Advertisement

चार जिल्ला ‘कोरोना फ्री‘

नेपालका ४ जिल्ला कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मुक्त भएका छन् । मंगलबार स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले चार जिल्ला कोरोना फ्री भएको बताएका हुन् ।

प्रवक्ता गौतमका अनुसार अहिले तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्ला जिल्ला ‘कोरोना फ्री ‘ भएका हुन् । नेपालमा हालसम्म २ लाख ६१ हजार ८६१ को कोरोना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ६ हजार १३३ जनाको स्वाब परीक्षण गरिएको थियो ।

काठमाडौँ थपिए २८ संक्रमित

मंगलबार काठमाडौं उपत्यकामा २८ जनामा कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँ जिल्लामा १४, ललितपुरमा १० र भक्तपुरमा ४ जनामा संक्रमण देखिएको हो । संक्रमितहरु सम्बन्धित जिल्लाको आइशोलेसनमा रहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्त गौतमले जानकारी दिए ।

रौतहट सबैभन्दा प्रभावित

प्रदेश नम्बर २ को रौतहट जिल्ला कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित भएको छ । रौतहटमा हालसम्म १ हजार ३ सय ९९ जना मानिस कोरोनाबाट संक्रमित भएका छन् । जसमध्ये ३७० जना निको भएर घर फर्किसकेका छन् भने अन्यको विभिन्न अस्पतालमा उपचार जारी छ । रौतहटका कोरोना संक्रमित मध्ये एक जनाको मृत्यु भएको छ।

यस्तै रौतहट बाहेक सुदूर पश्चिम प्रदेशको कैलालीमा ८२९, कर्णाली प्रदेशको दैलेखमा ७९७, प्रदेश ५ को कपिलवस्तमा ७५३ र प्रदेश २ को महोत्तरीमा ७३४ जना कोरोना संक्रमित छन् ।

More News last news
Loading...