पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकमा ट्र्याक्टर दुर्घटनामा परी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला सदस्य रामचन्द्र अधिकारीको निधन भएको छ।
खेत जोतेर फर्किदै गर्दा आफैँले चलाएको ट्र्याक्टर लाहाचोकस्थित बाटुलेथरमा आज बिहान पल्टिँदा उनी गम्भीर घाइते भएका थिए ।
उनको उपचारका क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुवास हमालले जानकारी दिए ।
अधिकारीको शव परीक्षणका लागि अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ।
अस्पताल पसिरमा अहिले नेकपामा जिल्लास्थित नेता कार्यकर्ता, परिवारजन तथा शुभचिन्तकको उपस्थिति रहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
