काठमाडौँमा जोर विजोर नियममा थप कडाई

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा लगाईँदै आएको जोर बिजोर प्रणालीलाई थप कडाई गरेको छ । जोर विजोर प्रणालीको पूर्णपालना नभएको भन्दै ट्राफिक प्रहरीले विशेष कडाई गरेको हो ।

महाशाखाले जोर विजोर प्रणालीको पूर्णपालना गराउन ५६ वटा चेकप्वाईन्टहरू राखि थप कडाई गरिरहेको जनाएको छ ।

Advertisement

सोमबार मात्रै जोर विजोर प्रणालीको उल्लङ्घन गरी सञ्चालन गरेका २३४५ वटा सवारी साधनलाई उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिएका छन् । उनले आजै दुई जना सवार २०८३ वटा मोटरसाईकललाई पनि नियन्त्रणमा लिई सम्झाईबुझाई गरी छाडिएको बताए ।

एसएसपी ढकालले विभिन्न बहानामा सवारी साधन चलाउनेहरुको संख्या बढेको कारण थप चेकजाँज गरी कडाई गरेको बताए । नेपाल सरकारबाट भएका निर्णयहरू पूर्ण रूपमा पालन गर्न, अनिवार्य मास्कको प्रयोग गर्न, भीडभाड नगर्न, अत्यावश्यक सेवा र कामबाहेक सवारी साधन नचलाउन र सर्वसाधारणलाई घरबाट ननिस्कन समेत महाशाखाले आग्रह गरेको छ ।

More News last news
Loading...