कैलालीमा ओली र प्रचण्डका कार्यकर्ताबीच कुटाकुट

कैलाली । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र शीर्ष नेताहरूबीच विवाद चुलिएका बेला कैलालीमा नेकपा समूहबीच कुटाकुट भएको छ।

सोमबार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच कुटाकुट भएको हो।

Advertisement

सोमबार साँझ ५ बजे लम्की चोकमा सचेत नागरिक समाजले प्रधानमन्त्री ओलीको समर्थन गर्दै कार्यक्रम आयोजना गरेको थियो। त्यही क्रममा दुवै पक्षबीच भएको विवाद चुलिँदा हात हालाहालसम्मको अवस्थामा पुगेको थियो।

स्थानीयका अनुसार ओली पक्षले ‘हामीलाई प्रचण्डको एक एक हर्कत थाहा छ’ भन्दै भाषण गरेपछि विवाद सुरु भएको थियो।

More News last news
Loading...