टेकुबाट बानेश्वर सर्यो महानगरीय अपराध महाशाखा

काठमाडौं । टेकुमा रहेको महानगरीय अपराध महाशाखा बानेश्वर सरेको छ ।

हाल टेकुमा महाशाखाको अस्थायी भवनलाई नयाँ निर्माण गर्नका लागि नयाँ बानेश्वरस्थित मीनभवन क्याम्पसको पश्चिमको एउटा घरमा सरेको हो ।

Advertisement

१० रोपनी क्षेत्रफलमा नयाँ निर्माण गर्न लागिएको अपराध महाशाखाको नयाँ भवनमा अत्याधुनिक हिरासत कक्षसहित बन्नेछ।

त्यसको लागि गृह मन्त्रालयले ६७ करोड रुपैयाँ रकम उपलब्ध गराएको छ ।

निर्माणकार्य २ वर्षभित्र पूरा गर्ने लक्ष्य राखिएको उक्त भवनको शिलान्यास तत्कालीन आईजीपी सर्वेन्द्र खनालले गत २४ भदौमा गरेका थिए ।

More News last news
Loading...