काठमाडौँ । नेपाली काँग्रेसले गत जेठ २६ गते कोभिड–१९ का कारण उत्पन्न परिस्थितिका सम्बन्धमा अनुगमन गर्न पार्टीका तर्फबाट गठित ‘कोभिड—१९ अनुगमन समिति’लाई आज पूर्णता दिएको छ।
काँंग्रेसका सहमहामन्त्री डा. प्रकाशरण महतको संयोजकत्वमा गठन गरिएको उक्त समितिमा पार्टीका केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य र विभिन्न क्षेत्रका विज्ञसहित ३५ सदस्य मनोनयन गरिएको समितिका सदस्य सचिव डा प्रदीप पराजुलीले जानकारी दिए।
समिति सदस्यहरुमा एनपी साउद, महालक्ष्मी उपाध्याय ‘डिना’, डा चन्द्र भण्डारी, महेन्द्र यादव, गगनकुमार थापा, जीवन परियार, पार्वता डीसी चौधरी, गुरुराज घिमिरे, मोहनबहादुर बस्नेत, योगेन्द्र चौधरी, रमा कोइराला पौडेल, धु्ब वाग्ले, दिव्यमणि राजभण्डारी, राजीवविक्रम शाह, नैनसिंह महर, डा पोषराज पाण्डे, डा. प्रभु बुढाथोकी रहेका छन्।
यसैगरी समितिमा डा माधवी भट्ट, डा. लक्ष्मीराज पाठक, डा. मुक्तिराम श्रेष्ठ, बद्री सिग्देल, डा अच्युत वाग्ले, सूर्यकान्त घिमिरे, प्रेमध्वज लामा, प्राडा धनेश्वर नेपाल, डा किरण रेग्मी, रवीजङ्ग पाण्डे, बद्री अर्याल, लालबहादुर पुन, देवीप्रकाश भट्टचन, डा अशेष ढुङ्गाना, दीपकराज भट्ट, सरिन घिमिरे र विमल ढकाललाई मनोनयन गरिएको छ।
समितिको आजै बसेको पहिलो बैठकमा संयोजक डा. महतले कोभिड–१९ का कारण उत्पन्न परिस्थितिका सम्बन्धमा स्वास्थ्य तथा जनसङ्ख्या र अर्थ मन्त्रीहरुसँग भएको छलफल, क्वारेन्टिन अनुगमन गर्दाको अवस्थालगायत हालसम्म भएका विविध विषयमा बैठकलाई जानकारी गराएका थिए। बैठकले समितिको कार्यदिशा तथा कार्ययोजनालाई सर्वसम्मत पारित गरेको सदस्य सचिव डा पराजुलीले बताए।
साथै बैठकले स्वास्थ्य, शिक्षा, पर्यटन, वैदेशिक रोजगार, अर्थ, उद्योग तथा वाणिज्यलगायतका विभिन्न क्षेत्रहरुमा कोरोनाले पारेको प्रभाव र प्रभाव न्यूनीकरण गर्न हालसम्म सरकारबाट गरिएका गतिविधिका बारेमा अध्ययन गर्न छुट्टाछुट्टै समूह गठन गर्ने निर्णय गरेको छ।
प्रेस विज्ञप्ति
(१) नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७७ जेठ २६ गते बसेको बैठकले कोभिड–१९ का कारण उत्पन्न परिस्थितिका सम्बन्धमा अनुगमन गर्न पार्टीका सहमहामन्त्री डा. प्रकाशरण महतको संयोजकत्वमा गठन गर्ने निर्णय गरे बमोजिम ‘कोभिड—१९ अनुगमन समिति’ ले आज पूर्णता प्राप्त गरेको छ । उक्त समितिमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य र विभिन्न क्षेत्रका विज्ञहरु सहित निम्न बमोजिम ३५ सदस्य रहनु भएको छ।
संयोजक — डा. प्रकाशशरण महत
सदस्य — श्री एन.पी. साउँद
सदस्य — श्री महालक्ष्मी उपाध्याय ‘डिना’
सदस्य — डा. चन्द्र भण्डारी
सदस्य — श्री महेन्द्र यादव
सदस्य — श्री गगनकुमार थापा
सदस्य — श्री जीवन परियार
सदस्य — श्री पार्वता डी.सी. चौधरी
सदस्य — श्री गुरुराज घिमिरे
सदस्य — श्री मोहनबहादुर बस्नेत
सदस्य — श्री योगेन्द्र चौधरी
सदस्य — श्री रमा कोइराला पौडेल
सदस्य — श्री धु्रव वाग्ले
सदस्य — श्री दिव्यमणि राजभण्डारी
सदस्य — श्री राजीवविक्रम शाह
सदस्य — श्री नैनसिंह महर
सदस्य — डा. पोषराज पाण्डे
सदस्य — डा. प्रभु बुढाथोकी
सदस्य — डा. माधवी भट्ट
सदस्य — डा. लक्ष्मीराज पाठक
सदस्य — डा. मुक्तिराम श्रेष्ठ
सदस्य — श्री बद्री सिग्देल
सदस्य — डा. अच्युत वाग्ले
सदस्य — श्री सूर्यकान्त घिमिरे
सदस्य — श्री प्रेमध्वज लामा
सदस्य — प्रा.डा. धनेश्वर नेपाल
सदस्य — डा. किरण रेग्मी
सदस्य — श्री रवीजंग पाण्डे
सदस्य — श्री बद्री अर्याल
सदस्य — श्री लालबहादुर पुन
सदस्य — श्री देवीप्रकाश भट्टचन
सदस्य — डा. अशेष ढुंगाना
सदस्य — श्री दिपकराज भट्ट
सदस्य — श्री सरिन घिमिरे
सदस्य — श्री विमल ढकाल
सदस्य सचिव — डा. प्रदीप पराजुली
(२) समितिका संयोजक डा. प्रकाशशरण महतको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा आजै बसेको बैठकमा कोभिड–१९ को कारण उत्पन्न परिस्थितिको सम्बन्धमा स्वास्थ्य र अर्थ मन्त्रीहरुसंग भएको छलफल, क्वारेन्टाइन अनुगमन गर्दाको अवस्था लगायत हालसम्म भएका विविध विषयमा संयोजकले बैठकलाई जानकारी गराउनु भयो । बैठकले— समितिको कार्यदिशा तथा कार्ययोजनालाई सर्वसम्मत पारित गरेको छ। साथै स्वास्थ्य, शिक्षा, पर्यटन, वैदेशिक रोजगार, अर्थ, उद्योग तथा वाणिज्य लगायतका विभिन्न क्षेत्रहरुमा कोरोनाले पारेको प्रभाव र प्रभाव न्यूनिकरण गर्न हालसम्म सरकारबाट गरिएका गतिविधिका बारेमा अध्ययन गर्न छुट्टाछुट्टै समूह गठन गर्ने निर्णय गरेको छ।
डा. प्रदीप पराजुली
सदस्य सचिव
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
