नेपालमा एकै दिन थपिए ७४० जना कोरोना संक्रमित

काठमाडौँ । नेपालमा बितेको २४ घण्टामा थप ७४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन्। योसँगै कोरोना संक्रमितको कूल संख्या १५ हजार २५९ पुगेको छ।

Advertisement

बितेको २४ घण्टामा ८२३ जनाले कोरोनाभाइरस संक्रमण जितेका छन्। योसँगै संक्रमण निको हुनेको कूल संख्या ६ हजार १४३ पुगेको छ।

यसैगरी कोरोनाबाट काठमाडौं नयाँ बानेश्वरका ८५ वर्षीय पुरुषको मृत्यु भएको छ। उनको असार १७ गते मृत्यु भएको गौतमले जानकारी दिए। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ।

More News last news
Loading...