काठमाडौं । मन्त्रिपरिषद् बैठकले संसद्को बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन अन्त्यको लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री केपी ओलीले यस विषयमा राष्ट्रपतिसँग विद्यादेवी भण्डारीसँग छलफल समेत गरेका थिए ।
मन्त्रिपरिषद्को सिफारिसमा संसद् अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
