काठमाडौं । नेपाली लोक गीत संगीतको क्षेत्रमा परदेशमा रहेर पनी सिर्जनामा तलिन गायक सुन्दर परियारको एकल आवाजमा रहेको ”पापिनी ले गयौ छलेर ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।
मायालु जोडिको विरहको अवस्थालाई गीतमा समेटिएको छ । हजारौ सपना मनमा सजाएर राखेकी आफनी प्रेमीकालाई अर्काको अगांलोमा बाधिएको देख्नमा मनमा परेको पिडालाई गीतमा निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । रमेश विजीको शब्द सिर्जना तथा सुन्दर परियारको लय सिर्जना गीतमा रहेको छ ।
प्रेमीकाको चोटमा जिवन विताउनु पर्दाको क्षणलाई गीतमा निकै मनछुने भाकामा निर्माण गरिएको हो । दिपक गिरीको छायाँकन तथा अमृत चापागाईँको सम्पादन तथा एल वी जिको निर्देशन भिडियोमा रहेको छ ।
‘‘पापिनीले गयौ छलेर ” गीतको भिडियोमा सम्झना कडेँल, आशिर प्रताप र अर्जुन कुँवरको लोभलाग्दो अभिनय रहेको छ ।
‘‘पापिनी ले गयौ छलेर ” गीतको पुरा भिडियो हेर्नुहोस् :
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
