नेपालमा थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३१६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। जसमा काठमाडौँ उपत्यकाकामात्रै १४ जना रहेका छन्। संक्रमितमा काठमाडौँका १२ जना, भक्तपुरका १ र ललितपुरका १ जना रहेका छन्।

मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा उपत्यकाका १४ सहित थप ३१६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्। नयाँ संक्रमितमा ७१ महिला र २४५ रहेका छन् भने योसँगै देशभर कूल संक्रमितको संख्या १३ हजार ५६४ पु्गेको छ।

Advertisement

यसैबीच बितेको २४ घण्टामा थप ६० जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन्। जसमा ९ महिला र ५१ पुरुष गरी ६० जना रहेका छन्। यससँगै संक्रमणमुक्त हुनेको संख्या ३ हजार १९४ जना पुगेको छ।

पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ११ जनाको कोरोना परीक्षण गरिएको छ।अहिलेसम्म पीसीआर विधिबाट २ लाख २८ हजार ३ सय ४१ जनाको परीक्षण भएको छ।

यस्तै आरडिटी विधिबाट आजसम्म २ लाख ९७ हजार ८ सय ७१ जनाको परीक्षण भएको छ। अहिले देशभरीका क्वारेन्टिनमा ५३ हजार ७० जना रहेका छन्। देशका विभिन्न अस्पतालमा १० हजार ३ सय ४१ जना आइसोलेसनमा उपचाररत रहेका छन्।

More News last news
Loading...