त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया गरेको ४५ दिने शिशुमा कोरोना संक्रमण

काठमाडौं । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत ४५ दिने शिशुमा कोरोना भाइरस (कोभिड१९) को संक्रमण पुष्टि भएको छ ।

म्याग्दी स्थायी घर भएका शिशुको सोमबार शल्यक्रिया गरिएको थियो । शल्यक्रिया गर्नुअघि संकलन गरिएको थ्रोट स्वाबको अस्पतालमै पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको कोरोना युनिटका संयोजक डा. शान्तकुमार दासले बताए ।

Advertisement

श्वासप्रश्वासमा समस्या भएपछि चिकित्सकहरुले सोमबार आकस्मिक रुपमा घाँटीको शल्यक्रिया (ट्रयाक्टेस्टोमी) गरेका थिए । ‘श्वासप्रश्वासमा समस्या देखिएपछि रिपोर्ट नकुरिकन सुरक्षा सतर्कता अपनाएर शल्यक्रिया गर्यौं,’ डाक्टर दासले भने, ‘आज बिहान रिपोर्ट पोजेटिभ आयो ।’

सोमबार मात्र ललितपुरको अढाइ वर्षका बालकमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उनको पनि मेडसिटी अस्पतालमा शल्यक्रिय गर्नुअघि स्वाब संकलन गरिएको थियो ।

More News last news
Loading...