कपिलवस्तुमा भेटियो नेपालकै सबैभन्दा ठूलो सलहको झुण्ड

काठमाडौँ । कपिलवस्तुको तीन नगरपालिकामा सलहको ठूला झुण्डहरू फेला परेका छन्।

बुद्धभूमि, शिवराज र कपिलवस्तु नगरपालिकाको जंगलमा सलहको ठूला झुण्ड देखा परेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए।

Advertisement

आइतबार अपराह्न करिब ८ देखि १० लाखभन्दा धेरै संख्याको सलहको झुण्ड कपिलवस्तुमा प्रवेश गरेको विषादी व्यवस्थापन केन्द्रको अनुमान छ। उक्त नयाँ समूह जंगलमा बसेको प्रवक्ता सुवेदीले बताए।

करिब २० घण्टासम्म एकै ठाउँमा बसेको सलहको उक्त झुण्ड नेपालमा भेटिएकोमध्ये सबैभन्दा ठूलो भएको सुवेदीले दाबी गरे।

नेपालमा शनिबारदेखि सलहको झुण्ड नेपालका प्रवेश गर्ने क्रम सुरु भएको थियो। सरकारले भारतका विभिन्न भागमा बालीनाली नष्ट गर्दै आएका सलह साना–साना झुण्डमा छुट्टिएर नेपाल प्रवेश गरेको बताउँदै आएको थियो। अब ठूलो झुण्ड पनि नेपाल आउन थालेको पाइएको छ।

More News last news
Loading...