पूर्वी लद्दाखमा फेरि २ भारतीय सैनिकको मृत्यु

काठमाडौँ । पूर्वी लद्दाखको गल्वान भ्यालीमा थप २ भारतीय सैनिकको मृत्यु भएको छ।

उनीहरुको शनिबार मृत्यु भएको हो। मृत्यु हुनेमा ३७ बर्षीय सचिन विक्रम मोरे र २३ बर्षीय सलीम खान रहेका छन्।

Advertisement

ती दुई सैनिकका परिवारलाई सैनिक अधिकारीहरुले उनीहरू त्यस क्षेत्रमा “पुल निर्माण” गर्ने टोलीका सदस्य थिए भनेर बताएका थिए।

तर, रक्षा स्रोतले उनीहरु मध्ये एक जनाको बिहीबार र अर्का व्यक्तिको शुक्रबार मृत्यु भएको भनेर जानकारी दिएको थियो। भारतीय सेनाले यसबारे आधिकारिक बयान भने दिएको छैन्।

उनीहरुको दुर्घटनामा मृत्यु भएको र हालैको झडपसँग साइनो नजोडिएको स्रोतलाई उदृत गर्दै समाचारमा जनाइएको छ।

यद्दपी, सेनाले आधिकारिक विज्ञप्ति जारी नगर्नुले उनीहरु यसअघि भएको झडपकाक्रममा घाइते भएकाहरु हुनसक्ने आशंका समेत गरिएको छ।

चिनियाँ सेनासँग गत हप्ता भएको हिंस्रक झडपमा २० भारतीय सैनिक मारिँदा पनि भारतीय सेनाले अहिलेसम्म आधिकारिक विज्ञप्ति जारी गरेको छैन।

More News last news
Loading...