पोखरा । गण्डकी प्रदेशमा भर्खरै ३४ जना कोरोना संक्रमित फेला परेका छन् ।
अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८८८ पुगेको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा गरिएको परिक्षणमा थप ३४ जना संक्रमित थपिएका हुन् ।
सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
गण्डकीमा आज बिहान ३२, दिउँसो १६ र अहिले ३४ जना गरी जम्मा ८२ जना संक्रमित फेला परेका हुन् । गण्डकीमा कोरोना पोजेटिभ देखिनेमा एक जना कर्णाली प्रदेशका हुन् ।
यसैगरी, गण्डकीमा कोरोनाको संक्रमणबाट निको हुनेको संख्या १२१ पुगेको छ।

नेपालका ७७ जिल्लामै फैलियो कोरोना सङ्क्रमण, १२ हजार नाघे संक्रमित
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
