काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक असार १६ गतेसम्मका लागि स्थगित भएको छ। बैठकबारे शनिबार अपरान्ह पत्रकारहरूलाई जानकारी दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले दुई दिन बैठक स्थगित गरिएको बताए।
‘असार १६ गते विहान ११ बजे पुनः बैठक बस्नेछ,’ प्रवक्ता श्रेष्ठले भने। भोलि मदन जयन्तीमा नेताहरू विभिन्न कार्यक्रममा सहभागी हुनुपर्ने र पर्सी १५ असार दहि चिउरा खाने दिन भएकोले अर्को बैठक असार १६ गते बालुवाटारमै बस्ने उनले जानकारी दिए।
शनिबार सीमाबारे स्थायी कमिटीमा छलफल भएको थियो। २१ जना स्थायी कमिटी सदस्यले सीमाबारे धारणा राखेको श्रेष्ठले बताए। भूमि फिर्ता ल्याउनुपर्छ भन्नेमा सदस्यहरूले धारणा राखेको उनको भनाइ छ।
असार १६ गते सीमाबारे केहीबेर छलफल गर्ने र कोरोनालगायत एजेन्डामाथि छलफल हुने उनले जानकारी दिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
