काठमाडौँ । योग गुरु राजदेवसहित ५ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। जयपुरको ज्योतिनगर प्रहरी चौकीमा बाबा रामदेवसहित ५ जनाविरुद्ध शुक्रबार एफआईआर दर्ता भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
एफआईआरमा योगगुरु रामदेव र बालकृष्णसहित वैज्ञानिक अनुराग वार्ष्णेय, निम्सका अध्यक्ष डा बलबीर सिंह तोमर र निर्देशक डा अनुराग तोमरलाई आरोपी बनाइएको छ। कोरोना भाइरसविरुद्धको औषधि लन्च गरेपछि बाबा रामदेव र उनके कम्पनी पतंजली विवादमा तानिएको छ।
पतञ्जली योगपीठले तयार गरेको ‘कोरोनिल’मा गिलोय, तुलसी र अश्वगन्धा छ जसले शरीरको प्रतिरोध क्षमता बढाउँने र ७ दिनमा कोरोना निको पार्ने दाबी गरिएको छ। उक्त औषधीले अन्य गम्भीर बिरामीबाट बचाउने दाबी गर्दै मंगलबार सार्वजनिक गरिएको थियो। तर, भारत सरकारले उक्त लन्च भएकै दिन औषधिको प्रचार–प्रसारमाथि प्रतिबन्ध लगाएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
