दाङमा दुई समूहबीच ग्याङफाइट

तुलसीपुर । दाङमा दुई समूहबीच झडप भएको छ। झडप हुँदा ४ जना घाइते छन्।  इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार झडपमा खुकुरी प्रहार हुँदा तुलसीपुर उपमहागनरपालिका-८ अस्वारा निवासी लक्ष्मी भण्डारी, सुवास वली, मोहन बस्नेत र दुधेना निवासी विजय योगी घाइते भएका हुन्।

गहतेखोलामा शुक्रबार साँझ ६ बजेतिर दुई समूहबीच झडप भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) शिवबहादुर सिंहले बताए।

Advertisement

सामान्य उपचारपछि उनीहरु सोधपुछका लागि प्रहरी कार्यालयमा छन् । झडपको कारण, अर्को समूहमा संलग्नलगायतको बिषयमा अनुसन्धान भइरहेको उनले बताए । केटीको विषयलाई लिएर झडप भएको हुनसक्ने शंका गरिएको छ।

More News last news
Loading...