नेपालमा थप ५ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा शुक्रबार थप ५ सय ९३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विगत २४ घण्टामा देशभर ५ सय ९३ कोरोनाका संक्रमित थपिएको जानकारी दिए। यीसहित मुलुकभर कुल संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ।

त्यस्तै विगत २४ घण्टामा ४८ जना कोरोनामुक्त भएर घर फर्किएका छन्। विभिन्न अस्पतालहरुबाट ४० पुरुष र ८ महिला कोरोनामुक्त भइ डिस्चार्ज भएको गौतमले बताए।

Advertisement

यीसहित शुक्रबारसम्म कुल डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ९८ पुगेको छ। मृतक २७ जनामा कोरोनाभाइरस देखिएको छ। रसुवाबाहेकका सबै ७६ जिल्लामा कोरोना देखिएको छ।

विगत २४ घण्टामा ६ हजार ५ सय ३४ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म २ लाख ६ हजार बढीको पिसिआर परीक्षण भएको छ।

More News last news
Loading...